काठमाडौं- सीजी मोटर्सले किङलङ १६ सिटर इलेक्ट्रिक भ्यानहरू साझा यातायातलाई औपचारिकरूपमा हस्तान्तरण गरेको छ।
यी इलेक्ट्रिक भ्यानहरूले यात्रुहरूलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने विश्वास कम्पनीको छ।
यो नेपालमा अझ स्वच्छ, प्रभावकारी र आधुनिक सार्वजनिक यातायाततर्फको महत्वपूर्ण कदम रहेको कम्पनीको भनाइ छ।
१६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ किलोवाट आवर ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो भएको कम्पनीले जनाएको छ।
यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउने कम्पनीले जनाएको छ।