बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

खुल्यो सार्वजनिक सवारीको दर्ता, उपत्यकामा दर्ताका लागि राखियो सर्त

बुधबार, भदौ ३१ २०८३
खुल्यो सार्वजनिक सवारीको दर्ता, उपत्यकामा दर्ताका लागि राखियो सर्त

काठमाडौं उपत्यकाभित्र भने सबै खाले नयाँ सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको छैन। उपत्यकाभित्र हाललाई स्कुल बस र सट्टाभर्ना हुने सवारीमात्र दर्ता हुने व्यवस्था विभागले गरेको छ।

काठमाडौं- सरकारले विभिन्न चारणमा गरेर सबै प्रकारका सार्वजनिक सवारीको दर्ता खुला गरेको छ। तेस्रो चरणामा असोज १ गतेदेखि लागु हुनेगरी केही सर्तसहित यात्रुबाहक सार्वजनिक सवारीसाधनको दर्ता खुलाएको हो। 

यातायात व्यवस्था विभागले सर्तसहित असोज १ गतेदेखि लागु हुने गरी यात्रुबाहक सार्वजनिक सवारीको दर्ता खुलाएको मंगलबार जारी विज्ञप्तिमार्फत जनाएको छ। 

विभागले सातै प्रदेशका यातायात मन्त्रालय र सबै स्थानीय तहहरूलाई परिपत्र गर्दै सार्वजनिक सवारीको दर्ता खुलाएको जानकारी गराएको हो।

विभागका अनुसार उपत्यकाबाहिर विद्युतीय र आईसीई (डिजेल) दुबै सवारी दर्ता खुला गरिएको छ तर विद्युतीय सवारीलाई प्राथमिकता दिन विभागले भनेको छ। 

त्यस्तै काठमाडौं उपत्यकाभित्र भने सबै खाले नयाँ सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको छैन। उपत्यकाभित्र हाललाई स्कुल बस र सट्टाभर्ना हुने सवारीमात्र दर्ता हुने व्यवस्था विभागले गरेको छ।

उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनको लागि हाललाई सार्वजनिक सवारी दर्तामा लगाइएको रोक कायमै राखिएको विभागको भनाइ छ। 

विभागले गएको जेठ ७ गते सार्वजनिक हित एवं सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने भन्दै देशभर सार्वजनिक सवारीको दर्ता रोकेको थियो। विभागले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्याधिक वायू प्रदूषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गइ आवागमनमा कठिनाइ उत्पन्न भएको भन्दै दर्ता रोक्न निर्देशन दिएको थियो।

यसअघि विभागले दुई चरणमा सवारीको दर्ता खुलाएको थियो। पहिलो चरणमा असार ८ गतेसम्म एलसी खोलेर प्रक्रिया अघि बढिसकेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारीको दर्ता खुलाएको थियो। त्यस्तै विभागले साउन १८ गते मालबाहक सवारीसाधनको दर्ता खुलाएको थियो।


प्रकाशित : बुधबार, भदौ ३१ २०८३१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend