बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

विलिङको इन्जिनियरिङमा मजबुत एमजीका गाडीहरू

आइतबार, भदौ २८ २०८३
विलिङको इन्जिनियरिङमा मजबुत एमजीका गाडीहरू

यसै सन्दर्भमा विशेषगरी विलिङ इन्डोनेसिया र एमजी इन्डियाबीच पनि त्यही आरएन्डडी र प्लेट फर्म सेयरिङ हुँदै आएको छ। जहाँ विलिङका लागि विकसित गरिएका भेहिकल आर्किटेक्चरहरू एमजी ब्रान्डका मोडलहरूको पनि आधार बनेका छन् र त्यो अब्बल पनि छन्।

काठमाडौं- आधुनिक अटोमोबाइल उद्योगले विभिन्न बजारहरूमा गाडीहरू विकास गर्नका लागि समान प्लेटफर्म, इन्जिनियरिङ दक्षता र मास प्रोडक्सनमा अन्तरनिहीत हुन थालेको छ। यसले आरएन्डडी लागत कम हुने र नयाँ मोडलको सवारी बजारमा छिटो ल्याउन सहयोगी सवित हुँदै आएको छ।

चिनियाँ सवारी उत्पादक एसएआईसी मोटर इकोसिस्टमभित्र विलिङ रहेको छ। यो कम्पनी चीनको एक अग्रणी अटोमोबाइल कम्पनीका रूपमा रहेको छ। एसएआईसी समूहअन्तर्गतका विभिन्न ब्रान्डलाई विश्वस्तरीय इन्जिनियरिङ तथा उत्पादन क्षमता, गाडीहरूको फराकिलो लाइनअप, बलियो आन्तरिक माग र तीव्र रूपमा बढ्दै गएको निर्यातको साथ मिलेको छ।

विलिङले उदाउँदो अटोमोटिभ क्षेत्रहरू, विशेषगरी विद्युतीय सवारीमा एउटा अलग्गै पहिचान बनाइकसको छ। यसले बजारको बदलिँदो मागभन्दा अगाडि नै व्यावहारिक र नवप्रवर्द्धनात्मक गाडीहरू विकास गर्दै आएको छ। यसको इन्जिनियरिङ दक्षताका कारण विलिङका लागि विकसित गरिएका भेहिकल प्लेटफर्म र प्रविधिहरूलाई अन्य ब्रान्ड र क्षेत्रहरू अनुकूल हुने गरी प्रयोग गर्न सम्भव भएको हो।

यसै सन्दर्भमा विशेषगरी विलिङ इन्डोनेसिया र एमजी इन्डियाबीच पनि त्यही आरएन्डडी र प्लेट फर्म सेयरिङ हुँदै आएको छ। जहाँ विलिङका लागि विकसित गरिएका भेहिकल आर्किटेक्चरहरू एमजी ब्रान्डका मोडलहरूको पनि आधार बनेका छन् र त्यो अब्बल पनि छन्।

यसको एक उदाहरण हो एमजी कोमेट ईभी। जसले आफ्नो आधारभूत आर्किटेक्चर विलिङ एयर ईभीसँग प्लेट फर्म सेयर गरेर बनेको हो।

यो सम्बन्ध अगस्ट २०२६ मा भारतमा सार्वजनिक गरिएको पछिल्लो एमजी हेक्टर टमहकसँग अझ बढी महत्त्वपूर्ण बन्न पुगेको छ। यो मोडल विलिङको इक्सनसँग नजिकबाट जोडिएको छ। यो कार फेब्रुअरीमा आईआईएमएसमा पहिलोपटक प्रदर्शन गरिएपछि अप्रिल २०२६ मा इन्डोनेसियामा आधिकारिक रूपमा सार्वजनिक गरिएको थियो। हेक्टर टमहकले विलिङद्वारा विकसित यो भेहिकल आधारलाई एमजी विशिष्ट डिजाइन, प्रविधि र बजारीकरणका साथ एमजी ब्रान्डअन्तर्गत भारतमा ल्याएको हो। यसको मुख्य आधार भनेको एमजी र विलिङ दुवै एसएआईसी समूहअन्तर्गतकै कम्पनी हुन्।

त्यसैगरी एमजी विन्डसर ईभीले पनि आफ्नो आधारभूत आर्किटेक्चर विलिङ क्लाउड ईभीसँग समान रहेको छ। जसलाई केही बजारहरूमा बाओजुन युन्डो भनेर चिनिन्छ। यी उदाहरणहरूले एसएआईसी इकोसिस्टमको व्यापक क्षमतालाई उजागर गरेका छन्।

एयर ईभी र कोमेट ईभीदेखि इक्सन र हेक्टर टमहकसम्म विलिङको योगदान प्यासेन्जर भेहिकल प्लेटफर्महरूमा मात्र सीमित छैन। ब्रान्डले कार्यकुशलता, व्यावहारिक उपयोगिता, विद्युतीकरण र दैनिक प्रयोगलाई ध्यानमा राखेर गाडीहरू विकास गर्ने फराकिलो अनुभव हासिल गरेको छ।

विविध तथा विस्तार हुँदै गएको लाइनअप, उच्च बजार माग र बढ्दो अन्तर्राष्ट्रिय उपस्थितिका साथ विलिङले विभिन्न भेहिकल कन्सेप्ट, बजार र ग्राहकका आवश्यकताहरू अनुसार नयाँ अटोमोटिभ प्रविधिहरू विकास र विस्तार गर्ने आफ्नो क्षमता निरन्तर सिद्ध गरिरहेको छ।


प्रकाशित : आइतबार, भदौ २८ २०८३१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend