सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एनसेलले सार्वजनिक गर्‍यो नयाँ वर्ष अफर, कुन सेवाको शुल्क कति?

आइतबार, चैत २७ २०७८
एनसेलले सार्वजनिक गर्‍यो नयाँ वर्ष अफर, कुन सेवाको शुल्क कति?

न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याकहरु लिन पाउने एनसेलले जनाएको छ।

काठमाडौं- निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्षमा अफर सार्वजनिक गरेको छ। एनसेलले डेटा र सबै नेटवर्कमा कुरा गर्न सकिने टक टाइम सहितको कम्बो प्याक, २८ दिने कम्बो प्याकको खरिदमा नन् स्टप अन नेट कल सुविधा, र ५० रुपैयाँ वा सोभन्दा बढिको प्रत्येक रिचार्जमा हरेक ग्राहकले सोसल मिडिया प्याक अफर ल्याएको छ।  

अफरहरु आज आइतबार (चैत्र २७) बाट सञ्चालन हुने कम्पनीले जनाएको छ। न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याकहरु लिन पाउने एनसेलले जनाएको छ। जसमा ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा लिन पाउने छन्।

त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ।

कम्बो प्याक अन्तर्गत ७ दिनको समयसीमा रहेको प्याक ग्राहकले कर सहित ९६ रुपैयाँमा पाउने छन्। यस प्याकमा बण्डल गरिएको १ जीबी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइम सेवा लिन पाउने छन्। त्यस्तै ग्राहकले १ सय ६८ रुपैयाँमा ५ जीबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १ सय ६८ रुपैयाँ पाउने कम्पनीले जनाएको छ।

ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको कम्पनीले जनाएको छ। जस अन्तर्गत ग्राहकले  २ सय ९८ रुपैयाँमा २.५ जीबी डेटासँगै २५० मिनेट अल नेट टक सेवा पाउने कम्पनीले जनाएको छ।

कम्बो प्याक अन्तर्गतनै विषेश प्रिपेड ग्राहककालागि धेरै डेटा भोलुम सहित २८ दिन समयसीमा रहेको अन्य दुई प्याकहरु कम्पनीले जनाएको छ। ७ सय ९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जीबी डेटा सहित नन् स्टप अन नेट कल सुविधा ५ हजार मिनेटको , ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट  एसएमएसको अफर रहेको कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, चैत २७ २०७८११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend