सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २७ २०७८
न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

लमजुङ- न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। निर्माण सम्पन्न गरेको करिब दुई महिना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन। 

मर्स्याङ्दी गाउँपालिका–६ ङादीखोलाबाट गत पुसमा विद्युत् उत्पादन गरिएको थियो। उक्त बिजुली खेर गइरहेको आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए। आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ। प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रुपमा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ को भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा उक्त आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसकेको हो। 

प्राधिकरणसँग सहमती भइसकेको अवस्थामा माथिल्लो मर्स्याङ्दी ‘ए’ को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसक्दा समस्या उत्पन्न भएको बताइएको छ। सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अमात्यले बताए।

आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले २२० केभीको प्रसारण लाइनमा जोड्न खुदी सवस्टेशनसम्म ६ किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ। च्याम्पाटाको १३२ केभीसम्म पु¥याउन थप तीन किलोमिटर प्रसारण लाइन आयोजना आफैले निर्माण गरेको छ।

निर्माणाधीन २२० केभीको प्रसारण लाइनको खुदी सवस्टेशनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ। विसं २०७३ चैतदेखि निर्माण थालनी गरेको आयोजना तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता थियो। पटक–पटक म्याद थपिएको उक्त आयोजनाको लागत रु ६ अबभन्दा बढी रहेको छ। आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले साढे चार अर्ब ऋण लगानी गरेका छन्। बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी छ। रासस


प्रकाशित : आइतबार, चैत २७ २०७८०८:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend