सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने,  २५ प्रतिशतसम्म छुट

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २४ २०७८
न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने,  २५ प्रतिशतसम्म छुट

काठमाडौं-नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनने पेमन्ट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्बजनिक गरेको छ। 

यस अफर अन्तरगत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी)  गरि २० जनाले आकर्षक अफर प्राप्त गर्नेछन्।

यस अफर अन्तरगत फोनपे मार्फत कारोबार गर्नेमध्येबाट भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले  हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ। 

फोनपेले डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्बजनिक गरेको हो। यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन्। विजेता गोला प्रथा मार्फत घोषणा गरिनेछ। 

यस्तै सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्बजनिक गरेका छन्। सोही दिन एनआइसी एशिया बैंक, इसेवा, लक्ष्मी बैंक, एनएमबी बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आइएमई पे, खल्ती, प्रभुपे मार्फत क्यूआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिनेछ। यसैगरि भोजडिल,फुडमांडु ,सेल्सबेरी, डेलि ग्रोसरि,खानपिन लगायतका ठाउँमा क्यूआर भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट प्राप्त सकिनेछ।

 


प्रकाशित : बिहीबार , चैत २४ २०७८१३:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend