मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

च्याङथापु-फालोट सडक निर्माणमा प्रतिकिलोमिटर ८ करोड ३२ लाख लागत

बिहीबार , चैत २४ २०७८
च्याङथापु-फालोट सडक निर्माणमा प्रतिकिलोमिटर ८ करोड ३२ लाख लागत

यो सडकको प्रतिकिलोमिटर लागत ८ करोड ३२ लाख ४१ हजार ९ सय ६६ रुपैयाँ रहेको ईआईए प्रतिवेदनमा उल्लेख छ। 

काठमाडौं- सडक विभागले पाँचथरमा नयाँ निर्माण गर्ने भएको छ। विभागले च्याङथापु-फालोट  सडक निर्माण गर्ने भएको हो। यो सडक पाँचथरको याङवरक गाउँपालिका वडा १ मा बन्ने छ। 

उक्त सडक निर्माणका लागि सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराएको छ। वातावरण मन्त्रालयले १८ किलोमिटर सडकको ईआईए गरेको हो। यो सडकको प्रारम्भबिन्दु याङवरक गाउँपालिकाको च्याङथापु बजार र अन्तिमबिन्दु साही गाउँपालिकाको फालोट रहेको छ। 

सहायक राजमार्ग स्तरको यो सडक चौडाइ ७.५ मिटर रहेको छ भने पिच हुने भाग ७ मिटर हो। यो आयोजनाको कुल लागत १४ अर्ब ९८ करोड ३५ लाख ५ हजार ३ सय ९७ (मूल्य अभिवृद्धि कर सहित) रुपैयाँ रहेको छ।

यो सडकको प्रतिकिलोमिटर लागत ८ करोड ३२ लाख ४१ हजार ९ सय ६६ रुपैयाँ रहेको ईआईए प्रतिवेदनमा उल्लेख छ। 

स्ट्यान्डर्ड दुई लेनको यो सडकमा ५० किलोमिटर प्रगिघण्टाको गतिका गाडी कुदाउन सकिने छ। यो सडक ३ वर्षमा निर्माण सकिने अनुमान गरिएको छ।

आयोजनाबाट निर्माण अवधिाम ३ वर्षका लागि ९६ हजार ६ सय ९३ जना दक्ष र ३ लाख ३५ हजार २ सय ५४ श्रमिक दिन अदक्ष स्थानीय जवशक्तिलाई सीप र दक्षताको आधारमा रोजकारी सृजना हुनेछ।

यो सडक निर्माणका क्रममा ३ हजार ४ सय ७१ वटा रुख काटिएका छन्। त्यसबापत आयोजनाले डिभिजन वन कार्यालय पाँचथरको समन्वयमा १ को १० को अनुपातमा रुख रोप्ने र ५ वर्षसम्म हेरबिचार गर्ने छ।  


प्रकाशित : बिहीबार , चैत २४ २०७८०४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend