सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्रीका लागि नेपाललाई अनुमति

बुधबार, चैत २३ २०७८
भारतमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्रीका लागि नेपाललाई अनुमति

काठमाडौं- नेपाललले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ। 

भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको छ। 

यसअघि २०७५ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज आइएक्समा बिक्री गर्न स्वीकृति दिइएको थियो। योसँगै नेपालले भारतीय विद्युत बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न प्रवेश पाउने भएको छ। 

नेपालले थप विद्युत निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उनका समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम जारी भएको ऊर्जासम्बन्धि संयुक्त भिजन कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । 

यसबाट वर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी अतिरिक्त विद्युतको निर्यात भइ दुई देशबीचको व्यापार घाटामा कमी आइ अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।


प्रकाशित : बुधबार, चैत २३ २०७८०८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend