आइतबार, जेठ ६ गते २०८१    
images
images

रिभर फन विच रिसोर्टमा जिपलाइन र स्काइ साइक्लिङ बन्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३ २०७८
images
images
रिभर फन विच रिसोर्टमा जिपलाइन र स्काइ साइक्लिङ बन्दै

रिभर फन विच रिसोर्ट प्रालिले जिपलाइन सञ्चालन गर्ने भएको छ। यो रिसोर्ट ९ वर्षदेखि सञ्चालनमा छ।रिसोर्टले पृथ्वी राजमार्गको चुमखोला देखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्ट सम्म पुग्ने गरि जिपलाइन निर्माण गरेको हो।

images
images

काठमाडौं- रिभर फन विच रिसोर्ट प्रालिले जिपलाइन सञ्चालन गर्ने भएको छ। यो रिसोर्ट ९ वर्षदेखि सञ्चालनमा छ।रिसोर्टले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्ट सम्म पुग्ने गरि जिपलाइन निर्माण गरेको हो।

images
images
images

५ सय मिटर लामो बन्ने  जिपलाइनको ४ सय मिटर भाग त्रिशुली नदि माथी पर्ने कारण झनै सहासिक र रोमान्चक हुने कम्पनीको प्रवन्ध निर्देशक शंकर अधिकारी दाबी छ।

images

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइन युरोपियन स्ट्यान्डर्ड सहित भारती कम्पनीको प्राबिधिक सहयोगमा निर्माण भैरहेको अधिकारीले बताए।

images
images

जिएल एयरक्राफ्ट रोप प्रयोग गरिने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए।

images
images

८५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशुली नदि माथि निर्माण भैरहेको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए।

मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ। जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा 'रिभर फन क्याफे' सन्चालन गर्ने तयारी रहेको छ।

कफि बार, कक्टेल, मक्टेल, क्रन्ची लगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटम सहित क्याफे सन्चालन गरिने बताइएको छ।

आगामी अङ्ग्रेजी नयाँ बर्ष भित्र सन्चालनमा ल्याउने लक्ष राखिएको जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ।


प्रकाशित : आइतबार, असोज ३ २०७८१२:०५
  • सम्बन्धित विषय:

  • # जिपलाइन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend