सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

डिशहोमको १ वर्षमा २४ महिना, कसरी?

मंगलबार, चैत २२ २०७८
डिशहोमको १ वर्षमा २४ महिना, कसरी?

सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ।

काठमाडौं- डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ वर्षमा २४ महिनाको अफर योजना ल्याएको छ। डिशहोमले आफ्नो सेवा लिईरहेका डीटीएचका ग्राहकहरूलाई लक्षित गरि यो अफर सार्वजनिक गरेको हो। यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउने छन।

यो सँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले एक लाख पनि जित्न सक्न कम्पनीले जनाएको छ। हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ।

१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न एक लाख जित्ने यो योजनाको २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन। एक दशकदेखी स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोमले  फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेम मा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ। 


प्रकाशित : मंगलबार, चैत २२ २०७८०४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend