सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

कञ्चनपुरमा भारतको सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १० २०८३
कञ्चनपुरमा भारतको सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

काठमाडौं-  सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गरेका छन्।

भारत सरकारको आर्थिक सहयोग करिब १.९ करोड रुपैयाँको लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ। नेपालको कञ्चनपुर जिल्लामा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका उपप्रमुख तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। उनीहरुले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरुको लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ।


प्रकाशित : आइतबार, साउन १० २०८३१५:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend