सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, साउन १० २०८३
प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार एकसय रूपैयाँ तोकिएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। 

गएको शुक्रबारको तुलनामा यो साता आइतबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको हो। 

आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार एकसय रूपैयाँ तोकिएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य आइतबार प्रतितोला ६० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ४ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ।

गएको शुक्रबार चाँदी प्रतितोला ४ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : आइतबार, साउन १० २०८३१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend