मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

६ निर्माण कम्पनी कालोसूचीमा

सोमबार, चैत २१ २०७८
६ निर्माण कम्पनी कालोसूचीमा

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमाजिम सूचना प्रकाशित भएको मितिदेखि कालोसूचीमा राखेको हो।

काठमाडौं- सरकारले ६ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबाको निर्णय अनुसार ६ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो। 

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमाजिम सूचना प्रकाशित भएको मितिदेखि कालोसूचीमा राखेको हो। नेपाल विद्युत प्रधिकरणको सिफारिसमा टीबीईए इनर्जीका साथै पीपी इन्डष्ट्रिजलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। 

त्यस्तै गरि सडक टिभिजन दमौलीकिो सिफारिसमा चिराग कन्स्ट्रक्सन, संघीय आयोजना धनुषाको सिफरिसमा कर्णाली विल्डर्स, उर्जा अन्तर्गतको निकायको सिफारिसमा फैजल एन्ड अफजल कन्स्ट्रक्सनलाई एक वर्ष कालोसूचीमा राखिएको छ। 

त्यस्तैगरि नौकुण्ड गाउँपालिकाको सिफारिसमा कुशलदेव निर्माण सेवा र नौकुण्ड गाउँपालिकाकै सिफारिसमा तितुङ कन्स्ट्रक्सनलाई पनि एक वर्ष कालोसूचीमा राखिएको छ। कालोसूचीमा परेका यी कम्पनीले सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्।


प्रकाशित : सोमबार, चैत २१ २०७८०५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend