आइतबार, जेठ ६ गते २०८१    
images
images

अवैध जिपलाइन बन्द गर्न जिल्ला प्रशासनसँग सहयोग माग्दै पर्यटन विभाग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३ २०७८
images
images
अवैध जिपलाइन बन्द गर्न जिल्ला प्रशासनसँग सहयोग माग्दै पर्यटन विभाग

नेपाल पर्यटन बोर्डले दर्ता नै नभइ अवैधरुपमा सञ्चालनमा आएका जिपलाइन (साहसिक तथा मनोरञ्जनात्मक खेल) बन्द गराउने भएको छ।

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डले दर्ता नै नभइ अवैधरुपमा सञ्चालनमा आएका जिपलाइन (साहसिक तथा मनोरञ्जनात्मक खेल) बन्द गराउने भएको छ।

images
images
images

विभागले बारम्बार प्रक्रिया पूरा गरी जिपलाइन सञ्चालन गर्न भने पनि व्यवसायीले नमानेपछि अन्तत: जिल्ला प्रशासन कार्यालयहरूसँग सहयोग माग्न लागेको हो।

images

पर्यटन विभागमा महानिर्देशक रुदसिंह तामाङले केही दिनभित्रै अवैध रुपमा सञ्चालन भएका जिपलाइन बन्द गराउने भन्दै पत्र पठाउने तयारी भएको बताए।

images
images

‘सञ्चालनमा रहेका र बन्ने प्रक्रियामा रहेकाका लागि २०७७ चैत २ गते नै दर्ता गर्न आउनु भन्दै विभागले जानकारी गराएको थियो,’ तामाङले भने, ‘ व्यवसायीले विभागको निर्देशनलाई अटेरी गरे। कोही पनि दर्ताका लागि आएनन्। अन्तत: बाध्य भएर बन्द गराउने प्रक्रियामा जान परेको हो।’

images
images

पछिल्लो समय देशभर नयाँ पर्यटकीय प्रोडक्ट जिपलाइनको विस्तार बढ्दो छ। तर, जिपलाइन सम्बन्धित कुनै मापदण्ड छैन।  विभागले अहिले साहसिक पर्यटकीय प्रोडक्टकै रुपमा इजाजत दिँदै आएको छ।

तर, ठ्याक्कै जिपलाइन सञ्चालन सम्बन्धित कानून भने नभएको तामाङ बताउँछन्। तर, व्यवसायीले सामान्य रुपमा दर्ता प्रक्रिया पनि पूरा नगरी सञ्चालन गरिरहको छन्।

जिपलाइनको आकर्षण बढेसँगै यसलाई व्यवस्थित र गुणस्तरीय बनाउन नयाँ बन्दै गरेको पर्यटन ऐनमा हामीले केही सहज हुने गरी व्यवस्था गर्न लागको उनको भनाइ छ।

नयाँ पर्यटन ऐनमा व्यवसायीलाई पनि मर्यादित बनाउँदै, गुणस्तरीय सेवा दिन आवश्यक पर्ने विषय र गल्ती गर्नेलाई कारबाही गर्ने सक्ने गरी नयाँ व्यवस्था गर्न लागेको उनको तर्क छ।

तर, केही जिपलाइनले पनि पर्यटन उद्योग सेवा प्रभाव निर्देशिका २०७० को परिच्छेद ९ को दफा ९३ अनुसार जिपलाइनको इजाजत दिँदै आएको तामाङ बताउँछन्। पर्यटन उद्योग सेवा प्रभाव निर्देशिका २०७० को परिच्छेद ९ को दफा ९३ अनुसार जिपलाइनको इजाजत  लिएर सञ्चालन गरिरहेका छन्।

तर, अधिकांशले भने अवैधरुपमा नै जिपलाइन सञ्चालन गरिरहेका छन्। ‘यहाँ एउटा डाँडाको रुख र अर्को डाँडाको रुखमा फलामे डारी टाँगेर जिपलाइन सञ्चालन गरिएको छ,’ उनले भने, ‘यो पूर्ण रुपमा अवैध हो। यसलाई बन्द गर्नु पर्छ। अवैधरुपमा सञ्चालन गर्नेहरुका कारण केही वैधानिक रुपमा सञ्चालन भएकोहरुलाई समेत असर परेको छ।’ 

यहाँ यतिसम्म भएको छ कि एउटै व्यत्तिले ३ वटा सामुदायिक बनमा डोरी  टाँगेर जिपलाइन सञ्चालन गरिरहेका छन्। जसका कारण नयाँ पर्यटकीय प्रोडक्टमै समस्या आएको छ। 

जिपलाइन खेल तथा अन्य साहसिक पर्यटकीय खेल शतप्रतिशत नै सुरक्षित छ भनेर भन्न सक्ने अवस्था नरहेको तामाङ बताउँछन।  यहाँ अवैध रुपमा सञ्चालन भएका जिपलाइन उद्घाटन मन्त्रीहरुले नै गर्दै आएका छन्।


प्रकाशित : आइतबार, असोज ३ २०७८०८:०८
  • सम्बन्धित विषय:

  • # जिपलाइन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend