बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल ई-बिजको अनुमतिपत्र रद्द, लेनदेन बाँकी भए ३० दिनभित्र सम्पर्क गर्न आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ३२ २०८३
नेपाल ई-बिजको अनुमतिपत्र रद्द, लेनदेन बाँकी भए ३० दिनभित्र सम्पर्क गर्न आग्रह

बैंकले जारी गरेको आधिकारिक सूचना अनुसार नेपाल इ-बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडले  २०७७ साल फागुन १८ गते भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्न अनुमति प्राप्त गरेको थियो।

काठमाडौं- राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले नेपाल ई-बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र रद्द गरेको छ। 

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार नेपाल ई-बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडले २०७७ साल फागुन १८ गते भुक्तानी सेवाप्रदायकको रूपमा कार्य गर्न अनुमति प्राप्त गरेको थियो।

भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ को दफा १३ को उपदफा (६) मा भएको कानूनी प्रावधानको अधिनमा रही उक्त संस्थाको अनुमतिपत्र स्वतः रद्द भएको राष्ट्र बैंकले जनाएको छ।  

नेपाल ई-बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडसँग कुनै पनि प्रकारको लेनदेन वा हिसाब-किताब बाँकी रहेका ग्राहकहरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क राख्न अनुरोध गरिएको छ। 


प्रकाशित : बिहीबार , असार ३२ २०८३११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend