सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पञ्चेश्वरमा भारतीय प्रधानमन्त्री मोदी सहमत, भारतले २ खर्ब ७० अर्ब लगानी गर्ला?

शनिबार, चैत १९ २०७८
पञ्चेश्वरमा भारतीय प्रधानमन्त्री मोदी सहमत, भारतले २ खर्ब ७० अर्ब लगानी गर्ला?

काठमाडौं- पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहमत भएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने प्रस्ताव भारतीय प्रधानमन्त्री मोदीसमक्ष राखेका थिए।

भेटमा दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता मोदीले व्यक्त गरेका छन्। ‘बिजुली उत्पादनसहित बजारीकरणमा समेत सहयोग गर्न तयार छौँ,’ प्रधानमन्त्री मोदीले भने। 

प्रधानमन्त्री देउवाले भारत सरकारलाई पञ्चेश्वरमा ७५ प्रतिशत लगानी गर्न आग्रह गरेका छन्। शुक्रबार भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवा आइतबार फर्कने छन्। 

प्रधानमन्त्रीको यसपटकको भ्रमणमा पञ्चेश्वरलाई प्राथमिकताका साथ उठाउन लागेका हुन्। ३ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा अहिले भारतलाई २ खर्ब ७० अर्ब लगानी गर्ने प्रस्ताव गर्न लागेका हुन्। 

यसअघि नै नेपालले ३० देखि ३५ प्रतिशत मात्रै लगानी गर्ने र बाँकी लगानी भारतले गर्नुपर्ने भन्ने प्रस्ताव नेपालले गरेको थियो। जसमा ६५ प्रतिशत लगानी भारतले गर्नुपर्ने नेपालको जोड थियो। तर भारतले एक कदम अगाडि बढेर ७५ प्रतिशत लगानी गर्ने प्रस्ताव गरेको थियो। 

६ हजार ४ सय ८० मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएकोमा नेपालले आधा अर्थात् ३२ सय ४० मेगावाट विद्युत् पाउनेछ। जसको अनुमानित लागत ३ खर्ब ६० अर्ब रहेको छ। लागत संशोधन नभएमा भारतले अहिलेको लागतअनुसार २ खर्ब ७० अर्ब रुपैयाँ पञ्चेश्वरमा लगानी गर्ने छ।  

पञ्चेश्वरको विषयमा नेपाल भारतबीच सम्झौताका ५ सय वटा बुँदामा विवाद रहेको थियो। निरन्तर दुईपक्षीय छलफलबाट १ सय २६ बुँदामा मात्रै विवाद बाँकी रहेको छ। बाँकी विवादमा पनि समाधान गर्दै जाने विषयसमेत प्रधानमन्त्री मोदी सहमत भएका हुन्। 


प्रकाशित : शनिबार, चैत १९ २०७८११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend