मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

प्रधानमन्त्री देउवा र मोदीले सुरु गरे जनकपुर-जयनगर रेल्वे सेवा  

शनिबार, चैत १९ २०७८
प्रधानमन्त्री देउवा र मोदीले सुरु गरे जनकपुर-जयनगर रेल्वे सेवा  

काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर-जयनगर रेल सेवा उद्घाटन गरेका छन्। 

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नयाँ दिल्ली स्थित हैदराबाद हाउसबाट शनिबार देउवा र मोदीले हरियो झन्डा देखाएपछि रेल्वे सेवा उद्घाटन गरेका हुन्। 

उद्घाटनसँगै जनकपुर जयनगर रेल सेवा नियमित रूपमा चल्ने भएको छ। भारतको जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रुले नियमित यात्रा गर्न पाउने छन्।  

रेल चढ्ने यात्रुले अनलाइन प्रविधिबाट टिकट काट्नु पर्ने छ। रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ। आइतबारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर-कुर्था खण्डमा नियमित रुपमा गुड्ने छ। 

rail udghatan.jpg

रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेल्वे कम्पनीले जनाएको छ। जनकपुर-जयनगर ७० र कुर्था-जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ। 

त्यस्तै एसी सिटका लागि जनकपुर-जयनगर ३५० र कुर्था-जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको छ। रेल चलाउनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन्। 

नियमित रेल चल्ने भएपछि खुसी छन् स्थानीय, टिकटको ७० देखि ४५० रुपैयाँसम्म नियमित रेल चल्ने भएपछि खुसी छन् स्थानीय, टिकटको ७० देखि ४५० रुपैयाँसम्म

२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो। लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो। २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। 

राष्ट्रपतिले चैत ८ गते रेल्वे अध्यादेश जारी गरेसँगै रेल सेवा सञ्चालनको बाटो खुलेको थियो। 


प्रकाशित : शनिबार, चैत १९ २०७८०८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend