आइतबार, जेठ ६ गते २०८१    
images
images

प्राधिकरणमा पोखरेलको कार्यकाल सकिँदै, नयाँ महानिर्देशक बनाउन प्रधानमन्त्रीले थाले छलफल  

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३ २०७८
images
images
प्राधिकरणमा पोखरेलको कार्यकाल सकिँदै, नयाँ महानिर्देशक बनाउन प्रधानमन्त्रीले थाले छलफल  

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको चार वर्षे कार्यकाल आगामी असोज ८ गते सकिँदै छ। पोखरेलको कार्यकाल सकिनै लाग्दा नयाँ महानिर्देशक बन्ने दौडसमेत सुरु भएको छ।  

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको चार वर्षे कार्यकाल आगामी असोज ८ गते सकिँदै छ। पोखरेलको कार्यकाल सकिनै लाग्दा नयाँ महानिर्देशक बन्ने दौडसमेत सुरु भएको छ।  

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन्। प्राधिकरण नेतृत्व खाली हुनै लाग्दा विमानस्थलमा लगानी गरिरहेका एसीयाली विकास बैंक (एडीबी) तथा विश्व बैंकसम्मले नेतृत्व रिक्तताको अवस्थालाई लिएर चासो दिएका छन्। 

images

युरोपेली युनियनले हालसम्म पनि नेपालको हवाई आकाशलाई सुरक्षा चासो लिष्ट (कालोसूचीबाट) नहटाएका कारण पनि नेतृत्व रिक्त राख्न नहु्ने पक्षमा प्रधानमन्त्री रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। जसको लागि पर्यटन मन्त्रालयलाई प्रस्ताव बनाएर पठाउन निर्देशन दिइसकेको छ। पर्यटन मन्त्रालयले सम्भवत आउँदो सोमबार नै नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने छ।  

images
images

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले समेत रिक्त हुन लागेको महानिर्देशकका विषयलाई लिएर चासो व्यक्त गरिसकेको छ। सेफ्टी अडिटका लागि आगामी पुसमा आइकाओको टोली आउँदैछ। आइकाओले सेफ्टी अडिटमा अब ‘ग्लोवल र्‍याङकिङ’ भन्दा माथि हुन नेपाललाई दवाव दिइरहेको छ। 

images
images

सरकारले निमित्त महानिर्देशकलाई जिम्मा दिएमा नेपालको हवाई सुरक्षाका विषयमा पुनः आइकाओले चासो दिन सक्ने छ। निर्णय प्रक्रियामा निमित्तले जोखिम नलिने हुँदा सुधारका कामहरु रोकिन सक्ने भएकोले  सरकारले महानिर्देशक नियुक्तिलाई चासोको रुपमा हेर्नुपर्ने मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्। ‘अन्तर्राष्ट्रिय कानूनले चल्ने संस्थालाई निमित्तले चलाउनतर्फ सरकार जानु हुँदैन,’ ती अधिकारीले भने। 

युरोपेली युनियन (ईयु) अन्तर्गत रहेको युरोपेली आयोग (ईसा) ले नेपालको हवाई आकाशलाई कालोसूचीमा राख्दा नेपालबाट सिधा युरोप उडान रोकिएको छ। जसले नेपाल आउने विदेशी पर्यटकलाई बिमासमेत महँगो पर्दै आएको छ। 

आयोगले सन् २०१३ को डिसेम्बर ५ देखि नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले गत वर्षको डिसेम्बरसम्म हटाई सक्ने दावी गर्दै आए पनि हालसम्म ईयुले प्रतिबन्ध फुकुवा गरेको छैन। ईयुले प्रत्येक ६/६ महिनामा सूची सार्वजनिक गर्ने गरेको छ। 

चार वर्ष अगाडि आइकाओले नेपाललाई गम्भीर हवाई सुरक्षा सूचीबाट हटाएता पनि इयुले भने निरन्तरता दिँदै आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभामा दर्ता भइसकेका छन्।

उक्त विषय पनि विचराधीन छ। सरकारले यहि अवस्थामा महानिर्देशक पद रिक्त राखेर निमित्तले चलाउने हो कि भन्ने चासो अन्तर्राष्ट्रिय संस्थाहरुले दिएको मन्त्रालयका अधिकारीहरुको बुझाइ छ। 

प्राधिकरणको अहिले बजेट नै आधा खर्बको छ। जसमा ठूला विमानस्थल निर्माण भइरहेका छन्। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको छ। भैरहवा विमानस्थल उद्घाटन गर्नका लागि प्रधानमन्त्री देउवा आतुर देखिन्छन्। 

केही दिन अगाडि मात्रै सरकारले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय योजना आयोगमा डा.विश्व पौडेलको नियुक्तीलाई १५ सफलताको सूचीमा समेत राखेको छ। यसका कारण पनि प्राधिकरणमा योग्यलाई नियुक्त गर्न सरकारलाई दवाव छ। 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका कारण पनि देउवा आफै उद्घाटन गर्न चाहन्छन्। त्यसको लागि नयाँ महानिर्देशकलाई एक महिनाभित्र सम्पन्न गर्न लगाउने गरी उनले काम दिँदै छन्। त्यसका लागि पनि प्रधानमन्त्री कार्यालय छिटोभन्दा छिटो महानिर्देशक नियुक्ति गर्न लागिपरेको बुझिएको छ। विमानस्थल उद्घाटन गर्न पाइएमा सरकारको नयाँ काम पनि देखिने बुझाई देउवाको छ। 

महानिर्देशक पोखरेल राजीनामा दिने तयारीमा 

वर्तमान महानिर्देशक राजन पोखरेल केही दिनमा नै राजीनामा दिने तयारीमा रहेका छन्। पोखरेल आउने साता नै राजीनामा दिएर बाटो खुला गर्न लागेका हुन्। पोखरेल पनि सरकारले राजीनामा दिनुभन्दा अगाडि नै महानिर्देशक नियुक्तिको चाहाना राखेका छन्। 

प्राधिकरणका दुई जना उपमहानिर्देशकले राजीनामा दिएका छन्। उपमहानिर्देशक देवानन्द उपाध्याय र नरेन्द्रबहादुर थापाले राजीनामा दिइसकेका छन्। अवकाशको समय नजिकिएसँगै उनीहरुले राजीनामा दिएका हुन्। 

दुबै जना उपमहानिर्देशक असोज ८ गते स्वतः अवकाश हुँदै छन्। प्राधिकरणका १२ औँ तहममा बढुवा भएपछि ६ वर्षसम्म काम गर्न पाइन्छ। सोही व्यवस्थाअनुसार उनीहरू असोज ८ गते स्वतः अवकाश हुने भएपछि केही दिन अगाडि नै पदबाट राजीनामा दिएको उपाध्याय बताउँछन्।

प्राधिकरणमा अहिले १२ तहमा रहेको ६ जना मध्ये ३ जना असोज ८ गते अवकाश हुँदै छन्। त्यसमध्ये, राजन पोखरेल महानिनर्देशक छन्। पोखरेल पनि ८ गतेबाट अवकाश हुँदै छन्।  त्यसबाहेक १२ तहमा रहेका उपमहानिर्देशक राजकुमार क्षेत्री पुस २५ गते र भोला गुरागाइँ फागुन २७ अवकाश हुँदै छन्। 


प्रकाशित : आइतबार, असोज ३ २०७८०९:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend