मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सार्वजनिक सवारीको भाडा २० गतेदेखि बढाउन मन्त्रालयको सहमति

बिहीबार , चैत १७ २०७८
सार्वजनिक सवारीको भाडा २० गतेदेखि बढाउन मन्त्रालयको सहमति

विभागले २०६५ मा लागु भएको वैज्ञानिक भाडा समायोजन मापदण्ड अनुसार तराई र पहाडी क्षेत्रमा इन्धनको मूल्य वृद्धि अनुपातमा भाडा समायोजन गर्ने छ। 

काठमाडौं- सरकारले सार्वजनिक सवारीको भाडा समायोजन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो। 

यातायातमन्त्री रेणु यादवले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै विभागले गरेको भाडा समायोजनको प्रस्ताव स्वीकृत गरेकी हुन्। समायोजन भएको भाडा यही चैत्र २० गतेदेखि कार्यान्वयन गर्न पनि विभागलाई भनिएको छ। 

विभागले २०६५ मा लागु भएको वैज्ञानिक भाडा समायोजन मापदण्डअनुसार तराई र पहाडी क्षेत्रमा इन्धनको मूल्यवृद्धि अनुपातमा भाडा समायोजन गर्ने छ। 

यातायात व्यावसायीहरूले इन्धनको चर्को मूल्यवृद्धि भएकाले भाडा समायोजन नभए आन्दोलन गर्ने चेतावनी दिँदै आएको थियो।


प्रकाशित : बिहीबार , चैत १७ २०७८१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend