बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित ५ सय रुपैयाँको नोट बजारमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ३ २०८३
गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित ५ सय रुपैयाँको नोट बजारमा

काठमाडौं- नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले  असार ३ गतेदेखि  ५ रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले  असार ३ गतेदेखि ५ रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। 

राष्ट्र बैंकले साविककै आकार तथा रङ्गमा, सङ्केत नं.झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मको नोट आज असार ३ गते देखि चलनचल्तीमा ल्याएको हो ।

नयाँ नोटको अग्र भागको मध्य खण्डमा नेपाल सरकारको जमानत प्राप्त प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ भने तल्लो खण्डमा सिरिज नम्बर ‘वि‍‍.सं.२०८२’  लेखिएको छ।

दृष्टिविहीनहरूका लागि नोटको दर स्पर्श गरेर पहिचान गर्न सहज होस् भनेर पानीछापको बायाँतर्फ दुईवटा कालो थोप्लाहरू राखिएका छन्। यसका साथै, सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र छ।

सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र समावेश गरिएको छ। जसको रंग प्रकाश अनुसार परिवर्तन हुने विशेषता रहेको छ। सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने।

नोटको सुरक्षाका लागि ३.५ मिलिमिटर चौडाइको विशेष सुरक्षण धागो राखिएको छ। जसले नकली नोट नियन्त्रणमा सहयोग गर्ने अपेक्षा गरिएको छ। उक्त धागो पनि प्रकाशअनुसार रंग परिवर्तन हुने खालको छ।

पछिल्लो भागमा नेपालको जैविक विविधताको प्रतीकका रूपमा पाटे बाघको चित्र राखिएको छ भने माथिल्लो भागमा NEPAL RASTRA BANK लेखिएको छ। तल्लो भागमा RUPEES FIVE HUNDRED र 2025 AD  सिरिज नम्बर उल्लेख गरिएको छ।

यस नोटमा गभर्नरविश्वनाथ पौडेलको दस्तखत रहेको छ भने सुरक्षाका लागि ३.५ मीमी चौडा भएको, सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने विशेष सुरक्षण धागो प्रयोग गरिएको छ।

 


प्रकाशित : बुधबार, असार ३ २०८३११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend