काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रशारण नियमावलीको अनुसूची संशोधन गरेको छ।
इन्टरनेट एप्लिकेसनको माध्यमबाट प्रशारण हुने च्यानल तथा कार्यक्रमलाई नेपालमा अनुमति दिनका लागि थप प्रष्ट पार्न भन्दै मन्त्रालयले अनुसूची संशोधन गरेको हो।
२०७८ र २०८० को संशोधनबाट परिभाषा तथा नियमावलीमा भाषिक रुपमा दिन सकिने भनिएपनि अनुसूची तथा निवेदनको ढाँचामा प्रष्ट व्यवस्था नभएको भन्दै सुधारको माग भएको थियो। सोही मागलाई सम्बोधन गर्दै मन्त्रालयले अनुसूचीमा ओटीटी तथा कार्यक्रमलाई पनि समेटिएको छ।
नेटफ्लिक्स, अमेजन प्राइम जस्ता प्ल्याटफर्मलाई नेपालमा औपचारिक रुपमा भित्र्याउनका लागि कानूनी व्यवस्थाले बाधा नपारे पनि प्रशासनिक प्रक्रियामा नियमावलीमा प्रष्ट थिएन। यही कारणले गर्दा प्रशासनले आनाकानी गर्दै आएको थियो।
सोही आनाकानीलाई दूर गर्न भन्दै मन्त्रालयले यो संशोधन गर्दै ओटीटी पनि थप गरेको हो।
