काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १२.२६ अंकले घटेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५ सय ९६ कित्ता सेयर ४८ हजार १ सय १६ पटक किनबेच भएको छ। ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको कारोबार भएको छ। अघिल्ले दिन ३ अर्ब ४१ करोड २० लाख ४८ हजार ६ सय ९ रुपैयाँको कारोबार भएको थियो।
आज सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ३१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा ११ उपसमूहको परिसूचक घटेको छ। २ उपसमूहको परिसूचक बढेको छ।कारोबारमा आएको व्यापार समूह र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ।
