काठमाडौं- इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो साना घरायसी उपकरण (एसडीए) श्रेणी अन्तर्गत सञ्चालन गरेको 'एक्सपेरिएन्स लाइफ विथ सीजी: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको' अभियानको विजेता घोषणा गरेको छ।
यस विशेष योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ को विजेता झापा, भद्रपुर निवासी रणधीर गुप्ता बनेका छन्। उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सीजीको साना घरायसी उपकरण 'सीजी इग्नाइट टुबीएस' खरिद गरी उपलब्ध क्यू आयर कोड स्क्यान गरेर यस योजनामा सहभागी भएका थिए।
हालै एक कार्यक्रमकाबीच कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेतारणधीर गुप्तालाई उक्त आकर्षक उपहारहरू हस्तान्तरण गरे। उपहार प्राप्त गरेपश्चात् गुप्ताले आफू अत्यन्तै खुसी र हर्षित रहेको बताउँदै सीजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझै मजबुत भएको प्रतिक्रिया दिए।
सीजीका उत्कृष्ट साना घरायसी उपकरणहरू देशभर रहेका २८ वटा आधुनिक शोरुमहरू ('सीजी डिजिटल' र 'एलजी ब्रान्ड शप'), कम्पनीका आधिकारिक वेबसाइटहरू तथा सीजी ब्रान्डको नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।
