बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तनतर्फ कुमारी बैंक सम्मानित

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २ २०८३
‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तनतर्फ कुमारी बैंक सम्मानित

काठमाडौं- कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन तर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेताका सम्मानित भएको छ। 

बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनिय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो।

इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न सञ्चालन हुँदै आएको छ। 

यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए, जसबाट कुमारी बैंकले केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान प्राप्त गरेको  बैंकले जनाएको छ। 


प्रकाशित : मंगलबार, असार २ २०८३१३:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend