सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बागमती प्रदेशले ल्यायो ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट

सोमबार, असार १ २०८३
बागमती प्रदेशले ल्यायो ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट

बागमती प्रदेशले कुल बजेटमा २३ अर्ब ९६ करोड चालु तर्फ तथा ४३ अर्ब ९७ करोड पुँजीगतमा विनियोजन गरेको छ।

काठमाडौं- बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको छ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश संसदमा बजेट प्रस्तुत गरेका हुन्। 

बागमती प्रदेशले कुल बजेटमा २३ अर्ब ९६ करोड चालुतर्फ तथा ४३ अर्ब ९७ करोड पुँजीगतमा विनियोजन गरेको छ। 

बजेटको स्रोत व्यवस्थापनका लागि कर राजस्वबाट ३० अर्ब १५ करोड, अन्य तथा विविधबाट ७ अर्ब ७३ करोड र संघीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड व्यवस्थापन हुनेछ।

त्यस्तै बचतबाट १२ अर्ब ७६ करोड र ऋण तथा लगानी फिर्ताबाट ९६ करोड व्यवस्थापन हुने मन्त्री तामाङले घोषणा गरेका छन्। 


प्रकाशित : सोमबार, असार १ २०८३१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend