काठमाडौं- साताको पहिलो कारोबार दिन आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ४ अंकले घटेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९ सय ९८ कित्ता सेयर ५१ हजार ७ सय २ पटक किनबेच भएको छ। ३ अर्ब ४१ करोड २० लाख ४८ हजार ६ सय ९ रुपैयाँको कारोबार भएको छ।
आज सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ३८ करोड ८५ लाख र एनबीबीएल डिबेन्चरको २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा १२ उपसमूहको परिसूचक घटेको छ। १ उपसमूहको परिसूचक बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८२ प्रतिशत घटेको छ।
