सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चिया निर्यातसम्बन्धी समस्या कुटनीतिक पहलबाट समाधान गर्नुपर्ने राष्ट्रियसभामा सांसदको सुझाव

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १ २०८३
चिया निर्यातसम्बन्धी समस्या कुटनीतिक पहलबाट समाधान गर्नुपर्ने राष्ट्रियसभामा सांसदको सुझाव

पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षबाट अवरोध सिर्जना हुँदा चिया उद्योग संकटमा परेको बताउँदै समस्या समाधानका लागि कुटनीतिक तथा प्रशासनिक पहल गर्न सरकारसँग आग्रह

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ निर्यात गर्ने विषयमा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सुझाव दिएका छन्।

सांसद सोमनाथ पौडेलले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षबाट अवरोध सिर्जना हुँदा चिया उद्योग संकटमा परेको बताउँदै समस्या समाधानका लागि कुटनीतिक तथा प्रशासनिक पहल गर्न सरकारसँग आग्रह गरे।

बैठकको शून्य समयमा सांसदहरूले वन कर्मचारीमाथि भएको आक्रमण, सीमा सुरक्षा, कर प्रणाली, महिला सुरक्षा, चिया निर्यातलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

बैठकमा सांसद गीता देवकोटाले कैलालीको गोदावरी नगरपालिका–४ मा डिभिजन वन कार्यालयका कर्मचारीलाई भीरबाट धकेलिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन्। सांसद रामकुमारी झाँक्रीले पनि उक्त घटनाको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिन्।

सांसद जगत तिमल्सेनाले करका दरमा गरिएको हेरफेरप्रति प्रश्न उठाउँदै त्यसबारे उचित छानबिन हुनुपर्ने धारणा राखे।

सांसद धर्मेन्द्र पासवानले नेपाल सरकारलाई जानकारी नदिइ भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेको र स्थानीयवासीको अवरोधपछि फर्किएको विषय उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

सांसद मीना सिंह रखालले दैलेखमा गरिएको अन्वेषणबाट ठूलो परिमाणमा मिथेन ग्यास रहेको देखिए पनि त्यसको अध्ययन, उत्खनन र उपयोगका लागि सरकारी लगानी पर्याप्त नभएको बताइन्।

सांसद रेखाकुमारी झाले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटले आमजनतालाई उत्साहित बनाउन नसकेको टिप्पणी गरिन्।

सांसद रोशनी मेचेले झापाको मेचीनगर क्षेत्रमा भारतबाट आएका जंगली हात्तीको आक्रमणका कारण स्थानीयवासी प्रभावित भएका उल्लेख गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा प्रभावकारी पहल गर्न सरकारसँग माग गरिन ।

सांसद वासुदेव घिमिरेले दाङस्थित राप्ती विज्ञान प्रतिष्ठानमा मिर्गौला रोग विशेषज्ञको व्यवस्था गर्न आवश्यक रहेको बताए।

व्यावसायिक उत्पादनको ६ दशकसम्म बैकल्पिक बजार खोजी नहुँदा भारतीय निगाहमा नेपाली चिया व्यावसायिक उत्पादनको ६ दशकसम्म बैकल्पिक बजार खोजी नहुँदा भारतीय निगाहमा नेपाली चिया

 


प्रकाशित : सोमबार, असार १ २०८३१४:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend