सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ताप्लेजुङमा अलैँची महोत्सव हुने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १ २०८३
ताप्लेजुङमा अलैँची महोत्सव हुने

ताप्लेजुङ- अलैँची प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असारको १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ।

ताप्लेजुङ- अलैँची प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असारको १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ।

ताप्लेजुङमा पहिलोपटक उक्त महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले बताए।

आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको सो महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शनी र अवलोकनलगायतका गतिविधि हुने आयोजकले बताए।

महोत्सवमा अलैँची किसान कार्यशाला, अलैँची व्यवसायी र  खरिदकर्ता र बिक्रेताबीच अन्तरक्रिया, अलैँची विज्ञ टोलीबीच अलैँचीको आधुनिक खेती र बजार विस्तारसम्बन्धी छलफलको कार्यक्रम रहेको समितिका संयोजक आङ्बुहाङले जानकारी दिए।

अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको छ। ताप्लेजुङमा तीन हजार ७ सय हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुनेगरेको पाइन्छ। 


प्रकाशित : सोमबार, असार १ २०८३१२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend