सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १ २०८३
सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं- सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ आज  बाँडफाँट भएको छ।

काठमाडौं- सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ आज  बाँडफाँट भएको छ।

आईपीओ बाँडफाँट निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा भएको हो।

कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा कुल ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गरेको थियो। 

उक्त निष्कासनमा कुल २७ लाख ५९ हजार ४ सय ९० जना आवेदकबाट ३ करोड १ लाख ३२ हजार ५ सय कित्ता सेयरका लागि आवेदन परेको थियो। प्राप्त आवेदनहरूमध्ये २७ लाख २७ हजार ५ सय १५ वटा आवेदन मात्रै रीतपूर्वक स्वीकृत भएका छन् भने बाँकी आवेदनहरू रद्द गरिएका छन्। 

मागभन्दा धेरै आवेदन परेका कारण कम्पनीको सेयर गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो। सोही प्रक्रिया अनुसार स्वीकृत आवेदकमध्ये ४ लाख ६७ हजार ४ सइ जना लगानीकर्ताले मात्र १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गर्न सफल भएका छन्।


प्रकाशित : सोमबार, असार १ २०८३११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend