काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ।
आइतबार प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने २ लाख ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार भने प्रतितोला ई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १ सय २० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ४ हजार ८ सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने ५ हजार १५ निर्धारण भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ३ सय २९.४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।
