सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख रुपैयाँ राजस्व दाखिला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १ २०८३
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख रुपैयाँ राजस्व दाखिला

काठमाडौं- ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

काठमाडौं- ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। 

जसबाट राज्यकोषमा  १० लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय  ६५ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय  ५, एकतर्फी सडकमा सवारी चलाउने १ सय  १७ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय २८ गरी कुल २ हजार २५ जनालाई कारबाही गरिएको हो।


प्रकाशित : सोमबार, असार १ २०८३१०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend