मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

खस्किँदै दलहन उत्पादनको क्षमता, क्षेत्रफल र उत्पादकत्वमा ह्रास

मंगलबार, असार २ २०८३
खस्किँदै दलहन उत्पादनको क्षमता, क्षेत्रफल र उत्पादकत्वमा ह्रास

उत्पादनमा उन्नति गर्न नसक्दा भारतीय बजारको लाभ उठाउनुको साटो नेपाल आफैले दालको आयात गर्दै आएको छ।

काठमाडौं- पछिल्लो चार वर्षको अवधिमा मुलुकको दलहन उत्पादनको क्षमतामा ह्रास आएको छ। नेपाल सरकारको पछिल्लो तथ्यांकअनुसार दलहन उत्पादन, उत्पादकत्व र क्षेत्रफलमा गिरावट आएको हो। 

पछिल्लो तथ्यांक अनुसार २०७९/८० देखि २०८२/८३ सम्मको अवधिमा प्रमुख दलहनको उत्पादनमा ह्रास आएको हो।

नेपालमा उत्पादन हुने प्रमुख दलहन मसुरोको उत्पादनमा नाटकीय गिरावट आएको छ पछिल्लो चार वर्षमा। २०७९/८० २ लाख ७८७ टन मसुरो उत्पादन भएको थियो। जुन चालु वर्षमा १ लाख ४३ हजार ४४७ टनमात्र उत्पादन हुने अनुमान गरिएको छ।

चार वर्षमा मसुरोको उत्पादनमात्र होइन खेती हुने क्षेत्रफल पनि घटेको छ। १ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा खेती हुने मसुरो अहिले १ लाख ३२ हजार हेक्टरमा सीमित भएको छ। त्यस्तू मुलुकमा मसुरोको उत्पादकत्वमा पनि गिरावट आएको छ। 

उन्नत बिउ, प्रविधि तथा निरन्तरको अनुसन्धान र विकास नहुँदा मसुरो उत्पादन किनारामा पर्दै आएको छ। कुनै समय नेपालको प्रमुख दलहन मानिने मसुरो निर्यात पनि हुन्थ्यो। तर पछिल्लो समय मसुरको उत्पादनमा कमी आएको हो। 

पछिल्लो चार वर्षमा चना, मास, भटमासको उत्पादनमा पनि कमी आएको छ। 

RbKF7-घट-द-छ-द-ल-उत-प-दन-.png

त्यस्तै अरहर, ग्रासपी, हर्सग्राम, हिमाली सीमीको उत्पादन पनि बढ्न सकेको छैन। समग्रमा चार वर्षमा मुलुकको दाल उत्पादन १७ प्रतिशतले घटेको छ। चार वर्षअघिको तुलनामा दलहन खेती हुने ४४ हजार हेक्टर जमिन घटेको छ। त्यस्तै दलहनको उत्पादकत्वमा पनि यो बीचमा खस्किएको छ। चार वर्षअघि एक हेक्टरमा १.१५ टन दाल उत्पादन हुने गरेकोमा यो वर्षसम्म आइपुगदा १.११ टनमा सीमित भएको छ। 

कृषि उत्पादनमा दालमात्र यस्तो उपज हो जसको भारतीय बजारमा सुलभ बजार रहेको छ। भारत संसारकै ठूलोमध्येको दाल आयातक मुलुक हो। भारतले क्यानडादेखि अन्य मुलुकबाट दाल आयात गर्दै आएको छ। 

उत्पादनमा उन्नति गर्न नसक्दा भारतीय बजारको लाभ उठाउनुको साटो नेपाल आफैँले दालको आयात गर्दै आएको छ।


प्रकाशित : मंगलबार, असार २ २०८३१७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend