आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ३१ २०८३
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

नेपाल नेत्रज्योति सङ्घको आज आयोजित ३०औँ केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रुपमा जोखिम रहेको बताएका  हुन्।

काठमाडौं- विज्ञहरुले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। 

नेपाल नेत्रज्योति सङ्घको आज आयोजित ३०औँ केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रुपमा जोखिम रहेको बताएका  हुन्।

औसत आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढेका कारण नेपालमा आँखाका बिरामी बढेको उल्लेख गर्दै उनीहरुले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच अभिवृद्धि गर्न जोड दिए। 

नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जनाउँदै सभाका सहभागीले नेपाललाई आँखा उपचारको ‘हव’ बनाउन सकिने सम्भावना रहेको औँल्याए। सङ्घअन्तर्गत हाल अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत सन् २०२५ मा ३३ लाख ७८ हजार ४२ जनाले परीक्षण गरेका थिए भने २ लाख ६६ हजार ४ सय १ को शल्यक्रिया गरिएको थियो।

सभाको शुभारम्भ गर्दै कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले तीन तहको सरकारले आँखा उपचार सेवाका लागि पत्याएको र विश्वास जितेका संस्थाका रुपमा नेपाल नेत्रज्योति सङ्घ रहेको चर्चा गर्दै आगामी दिनमा संस्थाले ग्रामीण विपन्न जनताको आँखा उपचार सेवाको पहुँचमा ल्याउन थप काम गर्न आग्रह गरे।

रेसुङ्गा नगपालिकाका प्रमुख खिलध्वज पन्थीले आँखा उपचार सेवामा नगरपालिकाले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै आर्थिक अभावका कारण मोतियाविन्दुलगायत अन्य उपचार सेवाको अभाव हुन नदिएको बताए।रासस


प्रकाशित : आइतबार, जेठ ३१ २०८३१४:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend