सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, जेठ ३० २०८३
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन
फाइल तस्बिर

यसबाट राज्यकोषमा १७ लाख ८६ हजार  ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं- बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। 

यसबाट राज्यकोषमा १७ लाख ८६ हजार  ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८ जनालाई कारबाही गरिएको हो। 

यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३५६ जनालाई कारबाही गरिएको हो। रासस


प्रकाशित : शनिबार, जेठ ३० २०८३१५:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend