शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

ब्रिटिश ब्राण्ड गुडम्यान्स अब नेपाली बजारमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २९ २०८३
ब्रिटिश ब्राण्ड गुडम्यान्स अब नेपाली बजारमा

काठमाडौं- चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले बेलायती ब्राण्ड गुडम्यान्सलाई नेपाली बजारमा भित्राएको छ।

काठमाडौं- चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले बेलायती ब्राण्ड गुडम्यान्सलाई नेपाली बजारमा भित्राएको छ। 

सन् १९२३ देखि अडियो तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यो बेलायती ब्राण्ड अब नेपाली उपभोक्तामाझ आधुनिक तथा गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादनहरूका साथ उपलब्ध भएको हो। 

गुडम्यान्सले सुरुवाती दिनमा अडियो स्पिकर उत्पादनबाट आफ्नो यात्रा तय गरेको भए तापनि आज यो विश्वव्यापी रूपमा विभिन्न इलेक्ट्रोनिक्स तथा होम अप्लायन्स अर्थात् घरायसी उपकरण उत्पादनहरूको एउटा भरपर्दो र विश्वासिलो ब्राण्ड बनिसकेको छ। 

उच्च गुणस्तर, आकर्षक डिजाइन र किफायती मूल्यलाई प्राथमिकता दिँदै आएको यस ब्राण्डले विश्वका धेरै देशहरूमा आफ्नो सफल उपस्थिति विस्तार गरिसकेको छ। 

कम्पनीले नेपाली बजारमा राइस कुकर, केटल, आइरन, ब्लेन्डर तथा जुसर एक्सट्राक्टर, स्टिक ब्लेन्डर तथा ह्यान्ड मिक्चर, कफी मेकर, टोस्टर तथा स्यान्डविच मेकर, पर्सनल केयर र अडियो जस्ता उपकरण लगायतका विविध उत्पादनहरू उपलब्ध गराउन थालेको छ। 

आधुनिक जीवनशैलीलाई थप सहज, स्मार्ट र सुविधाजनक बनाउने उद्देश्यका साथ गुडम्यान्सले नयाँ प्रविधिमा आधारित उत्पादनहरू विकास गर्दै आएको जनाएको छ।  

गुडम्यान्सले आफ्ना उत्पादनहरू मार्फत उपभोक्तालाई उत्कृष्ट एवं गुणस्तरीय अनुभव प्रदान गर्नुका साथै दीर्घकालीन विश्वास कमाउने लक्ष्य राखेको छ। नेपाली बजारमा पनि अन्तर्राष्ट्रिय स्तरको प्रविधि र उत्कृष्ट ग्राहक सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ। 

विश्व बजारमा स्थापित भइसकेको यो ब्राण्डले नेपाली उपभोक्ताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै आगामी दिनमा पनि नवीनतम प्रविधियुक्त तथा उपयोगी उत्पादनहरू निरन्तर बजारमा ल्याउने योजना बनाएको छ।  


प्रकाशित : शुक्रबार, जेठ २९ २०८३१२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend