शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २९ २०८३
सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ५ हजार ३ सय  रुपैयाँले बढेको हो।

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ५ हजार ३ सय  रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ८६ हजार ७ सय रुपैयाँ रहेको थियो। 

त्यस्तै चाँदीको मूल्य तोलामा १ सय ९० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६सय ५० रुपैयाँ रहेको थियो।

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो। 


प्रकाशित : शुक्रबार, जेठ २९ २०८३११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend