शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

इतिहासकै ठूलो सम्पत्ति शुद्धीकरणको मुद्दा, दीपक भट्ट-सुलभ अग्रवालसहित ३४ जना प्रतिवादी

बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझा र मदन दाहालविरुद्ध पनि मुद्दा

शुक्रबार, जेठ २९ २०८३
इतिहासकै ठूलो सम्पत्ति शुद्धीकरणको मुद्दा, दीपक भट्ट-सुलभ अग्रवालसहित ३४ जना प्रतिवादी

भट्ट र अग्रवालको लाभका लागि सार्वजनिक कम्पनीको रकम दुरुपयोग भएको र यसमा सघाउने सञ्चालक समितिका सदस्य, मुख्य व्यवस्थापक र नियामकीय प्रमुखलाई पनि मतियार भन्दै विभागले प्रतिवादी बनाएको हो।

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली इतिहासकै सबैभन्दा धेरै रकमको बिगो माग दाबी गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ। 

गएको दशकमा नेपालको सार्वजनिक नीति तथा व्यवासायिक क्षेत्रमा एकछत्र कायम गरेको व्यावसायिक सिन्डिकेटविरुद्धको अनुसन्धानपछि विभागले दीपक भट्ट र सुलभ अग्रवालसहित ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। 

विभागले भट्ट र अग्रवाल सञ्चालक रहेका चार कम्पनीलाई पनि प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

विभिन्न सम्बद्ध कसुर गरि सम्पत्ति शुद्धीकरण गर्ने भट्ट र अग्रवाल र उनीहरूलाई साथ दिने, योजना बनाउने अन्य चर्चित र उच्च पोर्टफोलियो भएका व्यवसायीलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ। त्यस्तै नियामकको रुपमा गैरकानूनी अनुमति दिएको भन्दै विभागले बीमा प्राधिकरणका दुई पूर्वअध्यक्ष मदन दाहाल र शरद ओझालाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, शंकर समूहकै साहिल अग्रवाल, हिमालयनण रिइस्योरेन्सको सीईओ उपासना पौडेल, लक्की समूहका अमित मोर,  जाउलाखेल समूहका राजबहादुर शाह, शंकर अग्रवाल, रोहित गुप्ता लगायतलाई प्रतिवादी बनाइएको छ। 

सबैभन्दा धेरै बिगो दाबी दीपक भट्टबाट गरिएको छ। मुख्य योजनाकार भन्दै विभागले भट्टविरुद्ध बीमा कसुर बापत २ अर्ब ८९ करोड २० लाख रुपैयाँ बिगो दाबी गरिएको छ। त्यस्तै धितोपत्र कसुरबाट १७ अर्ब ४८ करोड र बाँकी बैंकिङ कसुरबाट गरी कुल २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। 

त्यस्तै सुलभ अग्रवालबाट पनि २५ अर्ब ५९ करोड बिगो दाबी गरिएको छ। 

भट्ट र अग्रवालको लाभका लागि सार्वजनिक कम्पनीको रकम दुरुपयोग भएको र यसमा सघाउने सञ्चालक समितिका सदस्य, मुख्य व्यवस्थापक र नियामकीय प्रमुखलाई पनि मतियार भन्दै विभागले प्रतिवादी बनाएको हो। 


प्रकाशित : शुक्रबार, जेठ २९ २०८३१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend