शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

घाँसखेती आम्दानीको राम्रो स्रोत

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २८ २०८३
घाँसखेती आम्दानीको राम्रो स्रोत

घाँस छरेपछि गोडमेल र अन्य काम गर्न नपर्ने भएकाले किसानहरु घाँसखेतीमा आर्कषित भएका हुन्। देउखुरीमा १८० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले बताए।

दाङ- दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका छन्। 

घाँस छरेपछि गोडमेल र अन्य काम गर्न नपर्ने भएकाले किसानहरु घाँसखेतीमा आर्कषित भएका हुन्। देउखुरीमा १८० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले बताए।  

जोत्न, मल हाल्नु नपर्ने तथा लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताए। घोराही-६ मा विसं २०५६ देखि नै व्यावसायिक रूपमा घाँसखेती सुरु भएको थियो। घोराही उपमहानगरपालिका-६ गुरुवागाँउका श्याम चौधरीले १५ कट्ठा जमिनमा वरर्सिम घाँसखेती गरेका छन्।  

वर्सिम घाँसले गाईवस्तु पाल्न सजिलो भएको बताउँछन्। हरियो हुँदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र दानालाई बीउका रुपमा बेच्दा दोहोरो आम्दानी हुन थालेपछि श्याम चौधरी घाँसखेतीतर्फ आर्कषित भएका हुन्।  

पहिले तोरी, गहुँ र मसुरोखेती गर्ने उक्त जग्गामा अहिले वरर्सिम घाँस लगाउन सुरु गरिएको छ। गतवर्ष  ७५ हजार रुपैयाँको वर्सिम घाँस बेचेका श्यामले  यसवर्ष १ लाख १८ हजार रुपैयाँको वरर्सिमको दाना बिक्री गरेका छन्। घोराही-६ का सुशीला बुढामगरले ११ कट्ठा खेतमा वर्सिम घाँसखेती गरेका छन्। 

जिल्लामा गाईभैँसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानहरूले घाँस मात्रै खेती गर्ने गरेको घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख खीमबहादुर बस्नेतले बताए।  पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २८ २०८३१६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend