बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

राष्ट्र बैंकको निर्देशन, लघुवित्तले नापीको सेवा 'मेरो कित्ता' एपबाटै लिनुपर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २७ २०८३
राष्ट्र बैंकको निर्देशन, लघुवित्तले नापीको सेवा 'मेरो कित्ता' एपबाटै लिनुपर्ने

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै नापी कार्यालयबाट प्राप्त हुने सेवाहरू अब अनिवार्य रूपमा 'मेरो कित्ता' प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरेको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले 'घ' वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई डिजिटल प्रणालीमा आवद्ध हुन निर्देशन दिएको छ।

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै नापी कार्यालयबाट प्राप्त हुने सेवाहरू अब अनिवार्य रूपमा 'मेरो कित्ता' प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरेको हो।

नयाँ व्यवस्था अनुसार लघुवित्त संस्थाहरुले जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट लिन तथा त्यससँग सम्बन्धित राजस्व भुक्तानीका लागि भौतिक रूपमा नापी कार्यालय धाइरहनु पर्ने छैन।

प्रकाशित : बुधबार, जेठ २७ २०८३१८:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend