बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन? : भीष्मराज आङदेम्बे

बुधबार, जेठ २७ २०८३
अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन? : भीष्मराज आङदेम्बे

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद्कै रोष्ट्रमबाट भने, ‘हिजो मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीकोबारे गम्भीर प्रश्न उठ्यो। सबै बरफ किन?

काठमाडौं- नेपाली कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबारे गम्भीर प्रश्न उठेको र त्यसबारेमा मौन हुनु अस्वभाविक भएको बताएको छ। त्यस्तो प्रश्नबारे मौन रहेको बारेसमेत कांग्रेस प्रश्न गरेको छ।

अर्थमन्त्री वाग्ले करका दर हेरफेर र बजेटअघि सूचना चुहावटको विषयमा विवादमा परेका छन्। आर्थिक विधेयकमा भएको हेरफेर र करका दरको हेरफेरको सूचना चुहावट भएको विषयमा वाग्ले आफैँ भने पन्छिन खोजिरहेका छन्। वाग्लेले आफ्नो सचिवालय मार्फत गलत र मिथ्या तथ्यांक दिइरहेका छन्। 

यसै विषयमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद्कै रोष्ट्रमबाट भने, ‘हिजो मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठ्यो। सबै बरफ किन?’

अर्थमन्त्री डा. वाग्लेले संघीय संसदका दुवै सदनमा जेठ १५ गते आर्थिक विधेयक पेस गरेका थिए। उक्त विधेयकमा केही अस्पष्टता र केही भाषिक त्रुटि रहेको भन्दै जेठ १७ गते उक्त त्रुटिहरू सच्याउन संसद् सचिवालयमा निवेदन दिएका थिए।

विधि र प्रक्रिया सुरु नहुँदै अर्थमन्त्रीले पाँच बुँदे त्रुटि सुधार भनेर संसद् सचिवालयमा पत्र पठाएको भनेर विपक्षी दलहरूले प्रश्न उठाएका छन्।

 


प्रकाशित : बुधबार, जेठ २७ २०८३१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend