बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २७ २०८३
नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार घट्यो

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.५४ अंकले घटेर बन्द भएको थियो।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.५४ अंकले घटेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ५६ कम्पनीको ९२ लाख ८३ हजार ३ सय २६ कित्ता सेयर ४९ हजार २ सय ४८ पटक किनबेच भएको छ।

आज अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने घटेको छ। आज ६ अर्ब ४४ करोड १७ लाख ६० हजार ३ सय ४९ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारमा ६ अर्ब ४४ करोड १७ लाख ६० हजार ३ सय ४९ रुपैयाँको कारोबार भएको थियो।

आज कालिञ्चोक हाइड्रोपावर लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ६ उपसमूहको परिसूचक घटेको छ। ७ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूकको परिसूचक सबैभन्दा धेरै १.७७ प्रतिशतले बढेको छ। भने अन्य उपसमूकको परिसूचक सबैभन्दा धेरै ०.४३ प्रतिशतले घटेको छ।

प्रकाशित : बुधबार, जेठ २७ २०८३१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend