मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मनाङको सडक मर्मतमा चिनियाँ प्रविधि, सफल भए देशभर प्रयोग हुने 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
मनाङको सडक मर्मतमा चिनियाँ प्रविधि, सफल भए देशभर प्रयोग हुने 

सांसद पोल्देन छोपाङ गुरुङले जिल्लाको मेरुदण्डको सडकको मुहार फेर्न कार्ययोजनासहित अघि बढेकाले डुम्रे–बेँसीसहर–चामे सडकमा धेरै सुधार भएको बताए। 

मनाङ-  गत जेठ र असारमा भएको अविरल वर्षापछि भत्किएको बेँसीसहर–चामे सडक मर्मतको जारी  छ । सडक विभागद्वारा पहिलो पटक चिनियाँ प्रविधि प्रयोग गरी सडक ढलान काम भइरहेको छ । 

डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार हालका लागि करिब ४०० मिटर सडक ढलान गरिएको र यो प्रविधि परीक्षणको चरणमा छ ।

जिल्लामा यसअघि पनि यो चिनियाँ प्रविधि प्रयोग गरी सडक निर्माण गरिसकिएको छ । यसअघिको नतिजा राम्रो आएकाले अहिले सरकारी स्तरबाट निर्माणको काम भएको उनले जानकारी दिए। 

'अब यस कार्यको प्राविधिक, आर्थिक लगायतका सम्पूर्ण विवरण सडक विभाग हुँदै मन्त्रालय पुगेपछि यस प्रविधिबाट ठेक्का लगाई काम गर्ने भएको छ' उनले भने। 

'सडक बन्ने बित्तिकै गाडी गुडाउन सहज हुने भएको छ, यस प्रविधि मनाङ जस्ता चट्टानी भूगोल भएको क्षेत्रमा सडक ढलानका बेला वैकल्पिक बाटो प्रयोग गर्न नसकिने ठाउँहरुमा एकदम उपयोगी हुने देखिन्छ' नासों गाउँपालिका–१ तालका  अन्द्रे गुरुङले भने, 'यस प्रविधिबाट सडक ढलान गर्दा पानी कम प्रयोग गरिन्छ, रोलर लगाइन्छ र कमप्याक्शनपछि अरू सतहमा नटाँसिने भएकाले ढलानपछि हप्तौँ कुर्नुपर्ने बाध्यता हुँदैन।'

सांसद पोल्देन छोपाङ गुरुङले जिल्लाको मेरुदण्डको सडकको मुहार फेर्न कार्ययोजनासहित अघि बढेकाले डुम्रे–बेँसीसहर–चामे सडकमा धेरै सुधार भएको बताए। 

माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लास्टिङ गरेर सहज रुपमा यातायात सञ्चालन भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक खण्डको १०७ किमीमध्ये लमजुङको बेँसीसहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ । रासस


प्रकाशित : बुधबार, चैत १६ २०७८०७:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend