बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

सुनको मूल्य प्रतितोला १० हजार १ सय रुपैयाँले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २७ २०८३
सुनको मूल्य प्रतितोला १० हजार १ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ कारोबार भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको थियो।

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

आज सुन तोलाको १० हजार १ सय रुपैयाँ र चाँदी १ सय ८५ रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ कारोबार भएको छ। अघिल्लो कारोबार  दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको थियो। 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १ सय ८५ रुपैयाँले घटेर ४ हजार ७ सय ४० रुपैयाँ पुगेको छ।अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९ सय २५ रुपैयाँ रहेको थियो।

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो। 


प्रकाशित : बुधबार, जेठ २७ २०८३११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend