सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक म्याद थप

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २५ २०८३
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक म्याद थप

सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ।

न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन/तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।

यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमासम्बन्धी कसुर र धितोपत्र ऐनसम्बन्धी कसुरमा छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालमा बुझाइसकेको छ। सीआईबीले बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित : सोमबार, जेठ २५ २०८३१८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend