सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

नेप्स परिसूचक २० अंकले घट्यो, कालिञ्चोक हाइड्रोको सेयरमा सकरात्मक सर्किट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २५ २०८३
नेप्स परिसूचक २० अंकले घट्यो, कालिञ्चोक हाइड्रोको सेयरमा सकरात्मक सर्किट

काठमाडौं- साताको पहिलो कारोबार दिन आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ११.३७ अंकले घटेर बन्द भएको थियो।

काठमाडौं- साताको पहिलो कारोबार दिन आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ११.३७ अंकले घटेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ५६ कम्पनीको ९२ लाख १९ हजार ९ सय २२ कित्ता सेयर ५६ हजार ७ सय ५० पटक किनबेच भएको छ।

आज अघिल्लो कारोबारको तुलनामा कारोबार रकम पनि घटेको छ। आज ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १ सय ९० रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारमा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८ सय २३ रुपैयाँको कारोबार भएको थियो।

आज कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १३. ११, सोपान फर्मास्युटिकल्सको ९.९८, सामुदायिक लघुवित्तको ८.८५ प्रतिशत मूल्य बढेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सहको २० करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १२ उपसमूहको परिसूचक घटेको छ। १ उपसमूहको परिसूचक बढेको छ। वित्त उपसमूकको परिसूचक ०.२६ प्रतिशतले बढेको छ भने अन्य उपसमूकको परिसूचक सबैभन्दा धेरै १.७७ प्रतिशतले घटेको छ।

व्यापार १.७७, अन्य १.५०, निर्जीवन बीमा ०.८३, माइक्रोफाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.४४, जीवन बीमा ०.५४, लगानी ०.३८, हाइड्रोपावर ०.९५, होटल तथा पर्यटन ०.७१, विकास बैंक १.०३ तथा बैंकिङ ०.४५ प्रतिशत घटेको छ।


प्रकाशित : सोमबार, जेठ २५ २०८३१५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend