शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

सुनको मूल्य प्रतितोला २ हजार १ सय र चाँदी ५५ रुपैयाँले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २२ २०८३
सुनको मूल्य प्रतितोला २ हजार १ सय र चाँदी ५५ रुपैयाँले घट्यो

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय ४३ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा २ हजार १ सय र चाँदी ५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २ सय ३० रुपैयाँ निर्धारण भएको छ।

हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २ सय ८५ निर्धारण भएको थियो। गत बुधबार एक तोला सुन ३ लाख ११ हजार ३ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ३ सय ७० मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय ४३ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : शुक्रबार, जेठ २२ २०८३११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend