मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

गोप्रो हिरो टेन ब्ल्याक क्यामरा सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २ २०७८
गोप्रो हिरो टेन ब्ल्याक क्यामरा सार्वजनिक

आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ। हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो। 

काठमाडौं- आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ। हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो। 

जीपीटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो  र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी दिएको छ। यो क्यामराले प्रति सेकेन्ड ६० फ्रेमसम्म ५.३ के को उत्कृष्ट गुणस्तरको भिडियो खिच्न सक्छ। साथै यो क्यामराबाट २३ मेगापिक्सलको तस्बिर लिन सकिन्छ। 

हिरो टेन ब्ल्याक क्यामरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडियो स्टेबल गर्न सकिन्छ। वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिकाउ समेत छ। धेरै अपग्रेड भएर आएको यो क्यामरा नेपालमा पनि रुचाइने कम्पनीको विश्वास छ। 

सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजिज गोप्रोका लागि नेपालको एक मात्र आधिकारिक बितरक हो। नयाँ सुविधाहरुको कारणले गोप्रो हिरो टेन ब्ल्याक अन्य एक्सन क्यामराभन्दा अलग र अझ राम्रो भएकाले साइकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, व्लगर्सलाई उपयुक्त हुनेछ। 

विशेषता 
जीपीटू प्रोसेसर- दुइ गुणा बढीको स्पिड

हाइपरस्मुथ ४.०

२३ मेगापिक्सल सेन्सर

६० फ्रेम प्रति सेकेन्डको दरमा ५.३ के भिडियो

१२० फ्रेम प्रति सेकेन्डको दरमा फोरके भिडियो

३३ फिटसम्म वाटरप्रुफ

 


प्रकाशित : शनिबार, असोज २ २०७८१०:१९
  • सम्बन्धित विषय:

  • # गाेप्राे
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend