सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

उद्योगमा बिजुलीको समस्या

आइतबार, चैत १३ २०७८
उद्योगमा बिजुलीको समस्या

काठमाडौं- मंगलबारदेखि देशभरमा उद्योगले आवश्यकता अनुसारको बिजुली पाउन सकेका छैनन्। बिजुली अभावकै कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले केही दिनदेखि उद्योगले प्राप्त मात्रमा बिजुली नपाएको बताए। भारतबाट आयातित बिजुलीमा समस्या आएसँगै उद्योगी आवश्यकता अनुसार बिजुली नपाएको उनको भनाइ छ।

यस्तैगरी भैरहवा क्षेत्रका व्यवसायीले पनि आवश्यकता अनुसार बिजुली पाउन नसकेको बताइरहेका छन्।

अन्य क्षेत्रमाभन्दा भैरहवा क्षेत्रका उद्योगले बढी मात्रामा बिजुलीका समस्या भोग्न परेको एक व्यवसायीले बताए। भैरहवा क्षेत्रमा शनिबार पनि साढे ६ बजदेखि ३ बजेसम्म बिजुली काटेको एक व्यवसायीले बताए।

तर विद्युत प्राधिकरणले भने उद्योगीलाई बिजुली दिएको बताउँदै आएको छ। बिहीबार रातीबाट उद्योगले बिजुली पाउने नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घोष गरेका थिए। तर उद्योगहरूको अवस्था भने उनले भनेअनुरुप नरहेको उद्योगीहरू बताउँछन्। 


प्रकाशित : आइतबार, चैत १३ २०७८१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend