आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ३ २०८३
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

कोष र ऋणीबीच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ।

काठमाडौं- युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको ६७ करोड १९ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको सर्तअनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो।

कोष र ऋणीबीच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ।

कोषको २०८२ असार मसान्तसम्म २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार रुपैयाँ कर्जाको साँवा बक्यौता देखिएको छ। तीमध्ये कोषको अभिलेखअनुसार ४ सय ३२ सहकारी संस्थाबाट ५७ करोड ९७ लाख १८ हजार साँवा तथा ब्याज आठ करोड ४६ लाख ९८ हजार र हर्जाना २३ लाख ८२ हजार रुपैयाँ कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ।


प्रकाशित : आइतबार, जेठ ३ २०८३१७:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend