आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

१० महिनामा आयो ४५ अर्ब ३२ करोड रुपैयाँ लगानी प्रतिबद्धता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ३ २०८३
१० महिनामा आयो ४५ अर्ब ३२ करोड रुपैयाँ लगानी प्रतिबद्धता

उत्पादनमूलक ४२ परियोजनामार्फत दुई अर्ब ७० करोड, पूर्वाधारका एक परियोजनामा एक अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि बैशाखसम्म ७ सय २८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो।

सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योगमा आएको छ। कृषिमूलक १६ परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

यस्तै पर्यटनमूलक क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

सेवामूलक ५५ परियोजनाका लागि चार अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

यस्तै उत्पादनमूलक ४२ परियोजनामार्फत दुई अर्ब ७० करोड, पूर्वाधारका एक परियोजनामा एक अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

सूचना प्रविधि क्षेत्रका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

यस्तै ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

सबैभन्दा कम खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

बैशाखमा मात्र १ सय १३ परियोजनामार्फत तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ।


प्रकाशित : आइतबार, जेठ ३ २०८३१३:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend